१७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026

काभ्रेको मण्डनदेउपुरमा जीप दुर्घटना हुँदा पत्रकार पराजुलीसहित दुई जनाकाे मृत्यु

१० कात्तिक, काभ्रे । काभ्रेको मन्डन देउपुर नगरपालिका स्थित ढकाल थोकमा बा ३ च २८७ नम्बर को जिप दुर्घटना भएको छ ।

दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । वडा नं ५ का वडाध्यक्ष नेत्र प्रसाद ढकालले दिनु भएको जानकारी अनुसार मृत्यु हुनेमा मण्डन देउपुर ४ का पत्रकार जीवन पराजुली र नमोबुद्ध नगरपालिका १० का विनोद कार्कि छन् ।

उनिहरूको घटनास्थलमै मृत्यु भएको हो । घाइते ४ जना लाइ एम्बुलेन्स मा राखेर धुलिखेल अस्पताल ल्याईएकाे छ ।

प्रकाशित मिति : 17:31