ललिता निवास प्रकरणमा थप दुई जना पक्राउ
८ साउन, काठमाडाैं । ललिता निवास प्रकरणमा थप दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सकुलनन्द महर्जन र सञ्जय महर्जन रहेका छन्।उनीहरू नक्कली मोही रहेको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का एसएसपी दिनेश आचार्यले जानकारी दिए।
उनीहरूलाई साेमबार ललितपुरको कुपन्डोल क्षेत्रबाट पक्राउ गरिएको आचार्यले बताए। सीआईबीले आइतबार मात्रै नापी विभागका पूर्वकर्मचारी अरुणकुमारलाई यो प्रकरणमा पक्राउ गरेको थियो । योसँगै यस प्रकरणमा पक्राउ परेका १९ जना सिआइबीको हिरासतमा छन् ।
प्रकाशित मिति : July 24, 2023 at 2:45 pm









