सेयर अभौतिकीकरण गराउन अपर तामाकोशीको आग्रह
८ साउन, काठमाडाैं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले सेयर अभौतिकीकरण गराउन आग्रह गरेको छ । कर्मचारी संचयकोषमा रकम जम्मा गर्ने संचयकर्ता, कम्पनीमा ऋण दिने संस्थाका कर्मचारीहरु र आयोजना प्रभावितलाई भौतिक रुपमा सेयर प्रमाणपत्र वितरण गरिएको हुँदा आफ्नो सेयर डिम्याट गराउन कम्पनीले आग्रह गरेको हो ।
कम्पनीले कर्मचारी सञ्चयकोषमा रकम जम्मा गर्ने सञ्चयकर्ता लगाएत कम्पनीमा ऋण लिने र दिने संस्थाका कर्मचारीका लागि आईपीओ जारी गरेको थियो ।
साथै आयोजना प्रभावित स्थानीयमा समेत कम्पनीले आईपीओ जारी गरेको थियो । सो समयमा आईपीओ प्राप्त गर्ने सदस्यहरूलाई भौतिक रुपमै प्रमाणपत्र वितरण गरिएकाले सो प्रमाणपत्र संकलन गर्न बाँकी स्येरधनीहरूलाई आफ्नो प्रमाणपत्र संकलन गरी यथासिघ्र अभौतिभीकरण गर्न कम्पनीले भनेको हो ।
कम्पनीले असार २२ गतेबाट हाल कायम चुक्तापूँँजी १० अर्ब ५९ करोड रूपैयाँको आधारमा १० करोड ५९ लाख कित्ता हकप्रद शेयर बिक्री गर्नेछ ।
प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार ११:५५












