१० पुष २०८२, बिहीबार | Thu Dec 25 2025

सेयर बजारमा उछाल आउँदा यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनकाे कति भयाे काराेबार ?

७ साउन, काठमाडाैं । साताकाे पहिलाे काराेबारकाे दिन आइतबार सेयर बजारमा  उछाल आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६३.२४ अकंले बढेर २२२७.१६ बिन्दुमा बन्द भएको छ । आइतबार १ करोड २० लाख २ हजार ३०८ कित्ता सेयर किनबेच हुदाँ ४ अर्ब ३७ करोड ५१ लाख ९६ हजार २३२ रुपैयाँकाे कारोबार भएकाे छ ।

आज सेयर बजारमा उछाल आउँदा सबैभन्दा बढी शिवम् सिमेन्ट्सको कारोबार भएको छ । यस दिन कम्पनीको १४ करोड ५७ लाख १६ हजार रुपैया बराबरको कारोबार भएको छ । त्यस्तै, ज्योति विकास बैंकको १३ करोड ५६ लाख ३८ हजार रुपैयाँ, ग्लोबल आइएमई बैंकको १२ करोड ५ लाख रुपैयाँ, हिमालयन डिस्टीलरीको ११ करोड ४ लाख ८१ हजार रुपैयाँ र एनआइसी एशिया बैंकको १० करोड ९७ लाख ८७ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : ७ श्रावण २०८०, आईतवार १५:१७