३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026

जति धेरै राजनीतिक दल त्यतिनै विदेशी चलखेलः एमाले महासचिव पोखरेल

७ साउन, रामेछाप । नेकपा (एमाले)का महासचिव शंकर पोखरलेले जति धेरै राजनीतिक दल भए त्यतिनै विदेशी चलखेल बढेको बताएका छन । एमालेले रामेछापमा आयोजना गरेको नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५औँ स्मृति दिवसमा बोल्दै महासचिव पोखरेलले जति धेरै राजनीति दल त्यति नै अस्थिरता सिर्जना भएको पनि बताए।

स्मृति दिवसको कार्यक्रममा बोल्दै उनले भने, ‘देशमा धेरै दल आवश्यक छैन । जति धेरै राजनीति दल त्यति नै अस्थिरता, जति धेरै राजनीतिक दल त्यति विदेशी चलखेल । त्यसैले बलियो राजनीतिक शक्ति बनाऊ, धेरै दल बनाउन तिर नलागौँ ।’

उनले देशमा धेरै दल आवश्यक नरहेको पनि बताए । महासचिव पोखरेलले बलियो राजनीतिक शक्ति बनाउन आवश्यक रहेको बताए । महासचिव पोखरेलले अहिले भएका दललाई बलिया बनाउनुपर्नेमा जोड दिए । महासचिव पोखरेलले एमालेले मात्रै देशको संकट पार लगाउन सक्ने दाबी गरे ।

प्रकाशित मिति : 10:03