११ पुष २०८२, शुक्रबार | Fri Dec 26 2025

अन्तिम काराेबारकाे दिन यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो खरिदबिक्री ?

४ साउन, काठमाडाैं । साताकाे अन्तिम काराेबारकाे दिन बिहीबार सेयर बजारमा झिनाे अंककाे गिरावट आएकाे छ । आज नेप्से १.३१ अंकले घटेर दुई हजार एक सय ६३ दशमलब ९२ विन्दुमा बन्द भएको छ । आज तीन अर्ब ५ करोड २४ लाख बराबरको कारोबार भएको छ ।

आज सेयर बजारमा गिरावट आउँदा सबैभन्दा बढी शिवम् सिमेन्ट्सको सेयर कारोबार भएको छ । यस दिन कम्पनीको १४ करोड २३ लाख १७ हजार रुपैया बराबरको कारोबार भएको छ । त्यस्तै, सोल्टी होटलको ९ करोड ३४ लाख ९६ हजार रुपैयाँ, हिमालयन लाइफ इन्स्योरेन्सको ८ करोड ८२ लाख ५९ हजार रुपैयाँ, ज्योति विकास बैंकको ८ करोड ३३ लाख ९४ हजार रुपैयाँ र नबील बैंकको ७ करोड ७७ लाख ८३ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : ४ श्रावण २०८०, बिहीबार १५:२०