१० पुष २०८२, बिहीबार | Fri Dec 26 2025

हिमाल दोलखा हाइड्रोको हकप्रद बाँडफाँड, १५ लाख ७७ हजार कित्ता सेयर लिलामीमा आउने

४ साउन, काठमाडाैं । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडकाे हकप्रद सेयर बाँडफाँड भएकाे छ । कम्पनीले जेठ २२ गतेबाट असार २५ गतेसम्म निष्कासन तथा बिक्री खुल्ला गरेकाे हकप्रद सेयर साउन ३ गते, बुधबार भएकाे हाे ।

कम्पनीले हाल कायम चुक्ता पुँजी १:०.७५ को अनुपातमा एक सय रूपैयाँ अंकित दरमा ७५ प्रतिशतले हुन आउने १ करोड २० लाख कित्ता कित्ता हकप्रद सेयर निष्कासन तथा बिक्री खुल्ला गरेकाे थियाे ।

उक्त अवधिभित्र रितपूर्वक आवेदन दिने आवेदकहरूलाई १ करोड ४ लाख २२ हजार ७ सय ८९ कित्ता कित्ता हकप्रद सेयर बाँडफाँड गरिएकाे कम्पनीले जनाएकाे छ । साे अवधिमा नबिकेकाे १५ लाख ७७ हजार २ सय ११ कित्ता हकप्रद सेयर कम्पनीले लिलाम बढाबढ गरी बिक्री गर्नेछ ।कम्पनीकाे हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेकाे छ ।

प्रकाशित मिति : ४ श्रावण २०८०, बिहीबार १२:१८