१० भदौ २०८३, बुधबार | Wed Aug 26 2026
http://kk5.io/NADA2026

हिमालयन बैंकको ७ लाख ५१ हजार कित्ता सेयर बिक्रीमा, क-कसले दिन पाउछन् आवेदन ?

४ साउन, काठमाडाैं । हिमालयन बैंक लिमिटेडले केही सेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक सेयरधनीकाे स्वामित्वमा रहेको ७ लाख ५१ हजार ६८० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो।

बिक्रीमा राखिएको उक्त सेयरमा हाल विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्। इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशन भएकाे मितिले (साउन ४ गते देखि) ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय कमलादी काठमाडौंमा खरिद आवेदन दिनुपर्नेछ ।

संस्थापक सेयरधनीहरुले बिक्रीमा राखेको सेयरको मूल्य फरक–फरक रहेकोले मूल्यसम्बन्धी जानकारी बैंकको केन्द्रीय कार्यालयबाट लिन सकिनेछ।

तोकिएको अवधिभित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा सर्वसाधारण लगानीकर्ता, अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ।

प्रकाशित मिति : July 20, 2023 at 10:33 am