सप्तरीमा स्कुल बसको ठक्करबाट ६ वर्षीय बालकको मृत्यु
१० कात्तिक,राजविराज । विद्यालय बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरी पाँचकिलोका गुनानन्दन यादवको ६ वर्र्षीय छोरा शिवमकुमार यादव रहेको प्रहरीले जनाएको छ । रुपनीबाट राजविराजतर्फ आउँदै गरेको ना३ख ७३९० नं को कंकालिनी एकेडेमी स्कूल बसको ठक्करबाट गम्भीर घाईते भएका बालक यादबको उपचारका क्रममा शुक्रबार राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा मृत्यु भएको हो ।
बाटो काट्ने क्रममा बसले उनलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । बस र चालकलाई नियन्त्रणमा लिएर आवश्यक कारवाही अगाडि बढाएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : 09:05







