२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

एमालेकाे कार्यवहाक अध्यक्षमा वरिष्ठ उपाध्यक्ष पोखरेल, संसदीय दलकाे जिम्मेवारी नेम्वाङलाई

३ साउन, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यवहाक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई दिएका छन् । यस्तै उपाध्यक्ष सुवास नेम्वाङलाई पार्टी संसदीय दलको नेताको जिम्मेवारी दिएका छन् ।

अध्यक्ष ओली कम्बोडिया प्रस्थान गर्नु अघि पार्टीको कार्यवहाक अध्यक्षमा पोखरेल र संसदीय दलको कार्यावाहक नेताको जिम्मेवारी नेम्वाङलाई दिएका हुन् ।

एमाले केन्द्रीय कार्यालयका अनुसार साउन ७ गते कम्बोडियामा हुने निर्वाचनको पर्यवेक्षणका लागि अध्यक्ष ओली त्यसतर्फ लागेका हुन् ।  उनी साउन ८ गते स्वदेश फर्किने कार्यक्रम छ ।

प्रकाशित मिति : ३ श्रावण २०८०, बुधबार ०९:३२