२९ चैत्र २०८२, आइतबार | Mon Apr 13 2026

घोराही सिमेन्टकाे आईपीओले कति पाउला ओपनिङ रेञ्ज ?

२ साउन, काठमाडाैं । घोराही सिमेन्टकाे आइपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) काे बाँडफाँड असार ३१ गते, आइतबार नै सम्पन्न भइसकेकाे छ । यतिबेला कम्पनीको आइपीओले पहिलो कारोबारका लागि कति ओपनिङ्ग रेञ्ज पाउला भन्ने सबैको चासाेकाे बिषय बनेकाे छ । कम्पनीको आईपीओ बाँडफाँड भएसँगै आईपीओ पर्ने आम लगानीकर्ताहरूलाई उक्त कम्पनीको आईपीओले कति ओपनिङ्ग रेञ्ज पाउला भन्ने चासो लाग्नु स्वभाविक पनि हाे । अहिले यस्तै चासोको बिषयमा रहको छ घोराही सिमेन्ट ।

नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम २२६ रूपैयाँ ६१ पैसादेखि अधिकतम ६ सय ७९ रुपैयाँ ८३ पैसा ओपनिङ रेञ्ज निर्धारण गर्ने सम्भावना रहेकाे छ । नेप्सेले हरेक कम्पनीकाे पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज ताेक्ने गर्दछ । कम्पनीकाे आर्थिक वर्ष २०७८/७९ को प्रतिसेयर नेटवर्थ २२६ रूपैयाँ ६१ पैसा रहेको छ । साेही नेटवर्थकाे ३ गुणा ६ सय ७९ रुपैयाँ ८३ पैसा हुन्छ ।

प्रकाशित मिति : 16:46