२८ मंसिर २०८२, आईतवार | Sun Dec 14 2025

नेपाल एसबीआई बैंकले ऋणपत्र निष्काशन गर्नेः धितोपत्र बोर्डबाट पायाे अनुमति, ब्याज कति ?

३१ असार, काठमाडाैं । नेपाल एसबीआई बैंक लिमिटेडले २ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्काशन गर्ने भएकाे छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले बैंकलाई ऋणपत्र निष्काशन गर्न अनुमति दिएको हो। यो बैंकले अब ‘नेपाल एसबीआई बैंक डिबेन्चर–२०८९’ नामक ऋणपत्र जारी गर्नेछ।

बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल २० लाख इकाइ ऋणपत्र बिक्री खुला गर्नेछ। जसमा १२ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गरिनेछ भने बाँकी ८ लाख इकाइको सार्वजनिक निष्कासन गरिनेछ।

ऋणपत्र १० वर्षे अवधिको यस ऋणपत्रमा लगानीकर्ताले वार्षिक ९ प्रतिशत ब्याज पाउनेछन्। बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ।

प्रकाशित मिति : ३१ असार २०८०, आईतवार १४:५५