६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

आइतबार घट्यो सुनको मूल्य, कतिमा हुँदैछ काराेबार ?

३१ असार, काठमाडाैं । साताकाे पहिलाे काराेबारकाे दिन आइतबार नेपाली बजारमा सुनको मूल्य घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख १२ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ६५० रुपैयाँ कायम भएको छ।

गत शुक्रबार सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको मूल्य स्थिर रहँदै तोलाको १ हजार ४८० रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेर १ हजार ४८० रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित मिति : ३१ असार २०८०, आईतवार ११:१३