६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

अब धुलिखेलमै प्याराग्लाइडिङको मजा लिन पाइने, गोकुल बाँस्कोटाले गरे शुभारम्भ

३० असार, धुलिखेल । काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल स्थित देवीस्थानबाट अब प्याराग्लाइडिङको मज्जा लिन सकिने भएको छ । शहाशिक खेलका रुपमा रहेको प्याराग्लाइडिङलाई देवीस्थान डाँडाँबाट बडाल गाउँ सम्म उडान भर्न सकिने गरि व्यवसायिक रुपमा शनिवारबाट शुभारम्भ गरिएको हो ।

व्यवसायीक रुपमा सुरु भएको प्याराग्लाइडिङको शुभारम्भ पूर्व मन्त्री एवं प्रतिनिधि सभा क्षेत्र नम्बर २ का सांसद गोकुल बास्कोटाले गर्नु भएको थियो । विश्वबजार प्याराग्लाइडिङ प्रालीले धुलिखेलमा पहिलो पटक अनुमति पाएर व्यवसायिक रुपमा सञ्चालन थाले पछि यस क्षेत्रको व्यवसाय प्रर्वद्ध हुने बिस्वास पनि गरिएको छ ।

अब धुलिखेल पुग्ने पर्यटकले ७ हजार खर्च गरेपछि प्याराग्लाइडिङमा रमाउन सक्ने छन । डेढ किलोमिटर यात्रा प्याराग्लाइडिङको रहने छ भने ४६ सय फिट सम्मको उचाइमा उडान गर्न सकिने छ । ‘अब धुलिखेलको पहिचानमा प्याराग्लाइडिङको विशेषता पनि थपियो,राजधानी नजिकै रहेको यो धुलिखेलमा थप शहासिक खेलको पनि नयाँ गन्तव्य बनेको छ, पूर्व मन्त्री बास्कोटाले भन्नु भयो,रोजगार संग जोडेर पर्यापर्यटनको विकास हुदा भित्र मन खुसी हुन्छ ।

प्रकाशित मिति : ३० असार २०८०, शनिबार १९:१३