१० भदौ २०८३, बुधबार | Wed Aug 26 2026
http://kk5.io/NADA2026

नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका केशव तुलाधर पक्राउ

२८ असार, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सानोभर्‍याङबाट असन घर भई नयाँ बजार बस्ने ५९ वर्षका केशव तुलाधरलाई पक्राउ गरेको हो ।

तुलाधरमाथि ठगी तथा संगठित अपराध समेतको कसुरमा अनुसन्धानका लागि कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रवीन्द्र रेग्मीले जानकारी दिए ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा प्रहरीले बुझाएको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले ३० जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा ठगी तथा संगठित अपराधको मुद्दा दर्ता गरेको थियो । अदालतले १८ जनामध्ये १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो। जसमध्ये दुई जनालाई धरौटीमा छाड्न आदेश दिएको थियो।

प्रकाशित मिति : July 13, 2023 at 2:20 pm