ललिता निवास प्रकरणमा थप एक जना पक्राउ
२७ असार, काठमाडाैं । ललिता निवास प्रकरणमा थप एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ । प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले बुधबार समरजंग कम्पनीका पुर्व सहायक लेखापाल विनोद पौडेललाई पक्राउ गरेको हो ।
ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा ल्याउने सरकारी कीर्ते प्रकरणमा हालसम्म १७ जना पक्राउ परेका छन् । त्यसमा समरजंग कम्पनीका तीन जना कर्मचारी रहेका छन् ।
प्रकाशित मिति : २७ असार २०८०, बुधबार १७:१५