१० पुष २०८२, बिहीबार | Fri Dec 26 2025

दोहोरो अंकले बढ्यो नेप्सेः तीन अर्बकाे काराेबार, सात कम्पनीको सेयरमा सकारात्मक सर्किट

२७ असार, काठमाडाैं । साताकाे चाैंथाे काराेबारकाे दिन बुधबार सेयर बजारमा दाेहाेराे अंककाे सुधार आएकाे छ । आज नेप्से २५.३१ अंकले बढेर दुई हजार ९७ दशमलब ५५ विन्दुमा बन्द भएको हो । आज तीन अर्ब १८ करोड ७६ लाख बराबरको कारोबार भएको छ ।

आज सात कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । आज शिवश्री हाइड्रोपावर, सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था, रिभल फल्स, एनआइसी एशिया फ्लेक्जी क्याप, लक्ष्मी इक्विटी फण्ड, शुभम पावर, नेशनल हाइड्रो, कुमारी धनवृद्धि योजना कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हाे । आज सबैभन्दा बढी रावा इनर्जी डेभलपमेन्टको लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । आज शिवम् सिमेन्टको सर्वाधिक काराेबार भएकाे छ ।

प्रकाशित मिति : २७ असार २०८०, बुधबार १५:२८