१० भदौ २०८३, बुधबार | Thu Aug 27 2026
http://kk5.io/NADA2026

सीता दाहालको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने मन्त्रिपरिषद्को निर्णय

२७ असार, काठमाडाैं  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गरिने भएको छ । बुधबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले दाहालको अन्त्येष्टि  राजकीय सम्मानसाथ गर्ने निर्णय भएको सरकार प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

‘दिवंगत सीता दाहालको अन्त्येष्टिको समयमा राजकीय सम्मानस्वरूप नेपाली सेनाको २ सेनामुख, स्कर्टपति सहसेनानीको एक टुकुटीद्वारा सलामी दिने व्यवस्था मिलाउने निर्णय गरेको छ,’ मन्त्री शर्माले जारी गरेको शोक वक्तव्यमा उल्लेख छ। प्रधानमन्त्री दाहालकी पत्नी सीता दाहालको बुधबार बिहान ८ः३३ बजे काठमाडौंको नर्भिक अस्पतालमा निधन भएको थियो ।

प्रकाशित मिति : July 12, 2023 at 1:38 pm