७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

मदन भण्डारी राष्ट्रिय राजमार्गको निर्माण कार्यलाई तीव्रता दिन सांसद थापाको आग्रह

२७ असार, गुल्मी । नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं प्यूठानका प्रतिनिधिसभा सदस्य (सांसद) सूर्य थापाले मदन भण्डारी राष्ट्रिय राजमार्गको निर्माण कार्यलाई तीव्रता दिन आग्रह गरेका छन । मदन भण्डारी राष्ट्रिय राजमार्ग आयोजना कार्यालय तम्घासका प्रमुख माधव अधिकारीसँग बुधबार कार्यालयमै भेटेर सांसद थापाले यस्तो आग्रह गरेका हुन ।

 मदन भण्डारी राष्ट्रिय राजमार्ग अन्तर्गत रिडी-तम्घास-सिमल्टारी-पुर्कोटदह-सौतामारे-मच्छी खण्डको निर्माण कार्य सुस्त भैरहेको समयमा सांसद थापले अायोजना कार्यालयका प्रमुखलाई  भेटेरै छिटोछरितो र तोकिएको समयमै सम्पन्न गर्नेबारेमा छलफल गरेका हुन ।

सांसद थापाले उक्त सडक खण्डमा निर्माणाधीन चारवटा पुलहरूको अवस्थासमेत स्थलगत रूपमा निरीक्षण गरेका छन । सांसद थापाले दुईवटा पुलको ठेक्का प्राप्त निर्माण व्यवसायी नारायण पोखरेलसँग पनि कार्यस्थलमै भेटी छिटोछिटो कार्य अघि बढाउन ध्यानाकर्षण गराएका छन ।

रिडीदेखि मच्छीसम्मको सडक खण्डको निर्माणको अवलोकनबाट अनेकन स्थिति र कारकहरू अवगत भएको संसद थापाले बताएका छन । थापाले द्वारनेटा, सौतामारे र गर्तङफेदीमा चलिरहेको निर्माण कार्य पनि यस क्रममा स्थलगत अवलोकन गरेका छन । यो राजमार्ग बनेपछि तम्घास-बुटवल हुँदै प्रदेश राजधानी राप्ती उपत्यका देउखुरी पुग्न  ९३ किलोमिटर छोटो पर्नेछ।

प्रकाशित मिति : २७ असार २०८०, बुधबार १३:११