काठमाडाैँको नेपालटारमा ट्रकको ठक्करबाट तीन जना पैदल यात्रुको मृत्यु
९ कात्तिक, काठमाडाैँ । काठमाडाैँको तारकेश्वर नगरपालिकामा ट्रकको ठक्करबाट तीन जनाको मृृत्यु भएको छ । नेपालटार नजिकै लोलाङ हाइटमा ट्रकको ठक्करबाट २ जना पैदलयात्रीको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी वृत बालाजुले जनाएको छ ।

शुक्रबार बिहान ना २ ख ७८२५ नम्वरको ट्रकले ठक्कर दिँदा पैदल यात्री ७० वर्षीया तिलकुमारी तिवारी र साढे ३ वर्षीय बालक अजित तिवारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी ६० वर्षीया सावित्री पुडासैनीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ । जागृतिटोलको गेटैमा दुर्घटना भएको स्थानीय प्रत्यक्षदर्शी श्रीराम तिवारीले बताए । सिमेन्ट अनलोड गरेर फर्किएको नारायणी यातायातको ट्रक खलासीले चलाउँदा दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन । स्थानीयले घटनाको बिरोधमा प्रदर्शन गरिरहेका छन ।

प्रकाशित मिति : 13:07









