७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

प्रधानमन्त्री प्रचण्डलाई पत्नी शोक, पत्नी सीताको उपचारका क्रममा अस्पतालमा निधन

२७ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका सल्लाहकार एवं पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । सीता दाहालको आज बुधबार बिहान नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको परिवार स्रोतले जनाएको छ ।

बिहानै अस्पताल पुर्याएकी दाहालको चिकित्सकले ८ बजेर ३३ मिनेटमा निधन भएको बताएका थिए । सीता लामो समयदेखि प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी रोगबाट पीडित रहेकी थिइन । उनको दुई छोरी र श्रीमान रहेका छन । पुत्र प्रकाश र छोरी ज्ञानुको यसअघि नै निधन भैसकेको छ । एक छोरी भरतपुर महानगरको मेयर छिन भने अर्की छोरी प्रधानमन्त्री प्रचण्डको स्वकीय सचिव रहेकी छिन ।

सीताको पार्थिव शरिर माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा ११ बजेदेखि १ बजेसम्म श्रद्धाञ्जलीका लागि राखिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । २ बजे पशुपति आर्याघाटमा अन्तिम संस्कार गरिने  पनि माओवादी केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : २७ असार २०८०, बुधबार ०९:२४