७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

मनाङ एयरको हेलिकप्टर दुर्घटनाः ६ जनाकै शव भेटियो, काठमाडौं ल्याउने तयारी

२६ असार, काठमाडौं । सोलुखुम्बुमा भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परी ६ जनाको मृत्यु भएको पुष्टि भएको छ । त्रिभुवन विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीका अनुसार ६ जनाकै शव भेटिएको छ ।

अहिले शवहरु संकलन गरी काठमाडौं ल्याउने तयारी भइरहेको छ । दुर्घटनास्थलको मौसम प्रतिकूल भएका कारण नजिकै भकान्जे भन्ने स्थानमा उद्धारका लागि पुगेका दुई वटा हेलिकप्टर अवतरण गरेका छन् । सोलुखुम्बुको सुर्केबाट आज बिहान काठमाडौँ उडान भरेको उक्त हेलिकोप्टर दिउँसो सोलुखुम्बुकै लिखुपिके गाउँपालिका–५ लाम्जुरापास नजिक दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो ।

प्रकाशित मिति : २६ असार २०८०, मंगलवार १६:४२