अप्पर स्याङ्गे हाइड्रोकाे आईपीओले कति पाउला ओपनिङ्ग रेञ्ज ?
२६ असार, काठमाडाैं । अप्पर स्याङ्गे हाइड्रोपावर कम्पनी लिमिटेडले असार १० गतेदेखि असार १३ गतेसम्म सर्वसाधारणका लागि (आईपीओ) निष्कासन गरेको थियो । उक्त आईपीओ असार २२ गते बाँडफाँड सम्पन्न भइसकेकाे छ ।
कम्पनीको आईपीओ बाँडफाँड भएसँगै आईपीओ पर्ने आम लगानीकर्ताहरूलाई उक्त कम्पनीको आईपीओले कति ओपनिङ्ग रेञ्ज पाउला भन्ने चासोको विषय बन्ने गर्दछ । आफुलाई परेको आईपीओले दोस्रो बजारमा कारोबारका लागि कति रेञ्ज पाउला भनेर जिज्ञाशा हुनु स्वभाविक पनि हो ।
अहिले यस्तै चासोको बिषयमा रहको छ अप्पर स्याङ्गे हाइड्रोपावर कम्पनी । यो कम्पनीको आईपीओ बाँडफाँड भइसकेकोले अब नेप्सेमा सूचिकृत भएसँगै दोस्रो बजारमा कारोबारमा आउने छ । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति सेयर ८४ रूपैयाँ ५४ पैसादेखि अधिकतम २ सय ५३ रुपैयाँ ६२ पैसा ओपनिङ रेञ्ज निर्धारण गर्ने सम्भावना रहेको छ । नेप्सेले हरेक कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज तोक्ने गर्दछ ।
संस्थाको आर्थिक वर्ष २०७७/७८ को प्रतिसेयर नेटवर्थ ८४ रूपैयाँ ५४ पैसा रहेको छ । साेही नेटवर्थकाे ३ गुणा २ सय ५३ रुपैयाँ ६२ पैसा हुन्छ ।
प्रकाशित मिति : 16:07









