२३ जेष्ठ २०८३, शनिबार | Sat Jun 6 2026

माल्टा पठाई दिन्छु भनी पाँच लाख ८५ हजार ठगी गर्ने सुस्मा पक्राउ

२६ असार, काठमाडाैं । नेपाल प्रहरीले माल्टा पठाई दिन्छु भनी रु पाँच लाख ८५ हजार ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले माल्टामा मासिक एक लाख तलब हुने कम्पनीमा जागिर लगाई दिन्छु भनी रु पाँच लाख ८५ हजार ठगी गर्ने गोरखा पालुङटार नगरपालिका घर भई हाल काठमाडौँको तारकेश्वर नगरपालिका बस्ने २९ वर्षीय सुस्मा तामाङलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले रु एक लाख तलब हुने माल्टाको कम्पनीमा जानका लागि रु ६ लाख लाग्छ भनी रु पाँच लाख ८५ हजार लिएर ठगी गरेको आरोपमा तामाङलाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ तामाङलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहचल पठाइएको प्रवक्ता रेग्मीले बताए ।

प्रकाशित मिति : July 11, 2023 at 10:14 am