२९ चैत्र २०८२, आइतबार | Mon Apr 13 2026

आइएमई लाइफको आईपीओ मागभन्दा बढी आवेदन, कतिले पाउछन् सेयर ?

२६ असार, काठमाडाैं । आइएमई लाइफ इन्स्योरेन्सको आईपीओमा अन्तिम दिनसम्म करिब डेढ गुणा बढी आवेदन परेकाे छ । कम्पनीले असार २१ गतेदेखि सर्वसाधारणका लागि निष्काशन गरेकाे आईपीओमा हिजाे असार २५ गते अन्तिम दिनसम्म मागभन्दा बढी आवेदन परेकाे हाे ।

सीडीएससीका अनुसार हिजाे साँझसम्म कम्पनीको आईपीओमा १२ लाख ९० हजार ७४१ आवेदकबाट कुल १ करोड ५७ लाख ८७ हजार १५० कित्ता सेयर माग भएको छ। जुन मागभन्दा १.६४ गुणाले बढी हो।

मागभन्दा बढी आवेदन परेका कारण यो कम्पनीकाे आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड हुने छ। गोलाप्रथाबाट बाँडफाँड गर्दा भाग्यमानी ९ लाख ६० हजार आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन्। बाँकी ३ लाख ३० हजार ७४१ जनाको भने हात खाली हुनेछ ।

कम्पनीले १३६.९१ रुपैयाँ प्रिमियम थप गरेर प्रतिकित्ता २३६.९१ रुपैयाँको दरले सर्वसाधारणलाई ९६ लाख कित्ता सेयर आइपीओ बिक्री खुला गरेको हो । कम्पनीकाे आईपीओको बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट रहेको छ।

प्रकाशित मिति : 09:27