निर्मला हत्या प्रकरणः गृह मन्त्रालयले बर्खास्त गरेका एसपी दिल्लीराज विष्ट अदालत जाने
९ कात्तिक, काठमाडाैँ । गृह मन्त्रालयले सेवाबाट बर्खास्त गर्ने निर्णय गरेपछि कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी दिल्लीराज विष्ट अदालत जाने भएका छन । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणमा प्रभावकारी कार्य सम्पादन तथा अनुसन्धान नगरेको भन्दै मन्त्रालयले एसपी विष्टलार्इ गृह मन्त्रालयले बिहीबार बर्खास्त गरेको थियो ।

भविष्यमा सरकारी सेवाका लागि अयोग्य नहुने गरी बर्खास्त गरे पनि उनले अदालत जाने बताएका हुन । गृह मन्त्रालयको निर्णयपछि संक्षिप्त कुराकानी गर्दै विष्टले विष्टले भनेका छन, ‘म अहिले परामर्शका क्रममा छु। कानुनी प्रक्रियाका लागि अदालत जाने कुरा त भइहाल्यो नि।’
प्रकाशित मिति : 08:15









