२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

‘भारतले यो देशको प्रधानमन्त्री बनाउँछ भन्दा प्रचण्डले छुट पाए तर मैले…’

२४ असार, काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बालेनले भारतीय संस्कृतिको बिरोध गर्दा सर्वोच्च अदातलले तारेखको पर्चा थमाएको भन्दै असन्तुष्टि जनाएका छन । आइतबार सामाजिक सञ्जालमा टिप्पणी लेख्दै प्रमुख शाहले आफ्ना लागि आज विशेष दिन भएको भन्दै सर्वोच्चको तारेख पर्चाको तस्बिर सार्वजनिक गरेका छन ।

उनले भारतले नेपालको प्रधानमन्त्री बनाउँछ भन्दा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छुट पाएको भन्दै आजबाट आफू अपराधी बनेको बताएका छन ।

उनले भनेका छन, ‘आज एउटा विशेष दिन, आजबाट म तारिखमा छु , भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा, र आजै, प्रधानमन्त्रीज्युले छूट पाउनु भयो, भारतले यो देशको प्रधानमन्त्री बनाउछ भन्दा । म आज बाट अपराधी ।’

प्रकाशित मिति : २४ असार २०८०, आईतवार २०:११