१० भदौ २०८३, बुधबार | Thu Aug 27 2026
http://kk5.io/NADA2026

कहिलेसम्म कायम सेयरधनीहरुले भर्न पाउँछन् सिनर्जी पावरको हकप्रद सेयर ?

२४ असार, काठमाडाैं । सिनर्जी पावर डेभलपमेन्ट कम्पनीले हकप्रद सेयर निष्कासनका लागि बुक क्लोजको मिति तय गरेको छ। कम्पनी सञ्चालक समितिको बैठकले हकप्रद सेयर निष्कासनका लागि साउन १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ साउन ११ गतेसम्म कायम सेयरधनीहरुले मात्रै कम्पनीको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन्।

नेपाल धितोपत्र बोर्ड(सेबोन)ले सिनर्जी पावरलाई चुक्तापुँजीको २ः१ अर्थात ५० प्रतिशत हकप्रद जारी गर्ने अनुमति दिएको छ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका ४० करोड ३२ लाख ८७ हजार ५०० रुपैयाँ बढीको कुल ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद सेयर जारी गर्नेछ। कम्पनीकाे हकप्रद बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ।

प्रकाशित मिति : July 9, 2023 at 11:57 am