२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

प्रधानमन्त्रीले राजीनामा दिने कुरा कल्पना गर्न सकिँदैनः हितराज पाण्डे

२१ असार, काठमाडाैं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिने कुरा कल्पना समेत गर्न नसकिने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सत्ता गठबन्धनको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पाण्डेले यस्ताे बताएका हुन् ।

पाण्डेले प्रधानमन्त्रीको कुरा नै नसुनी एकोहोरोरुपमा राजीनामा माग्नु गलत भएको बताए । उनले भने, “प्रधानमन्त्रीले राजीनामा दिने कल्पना पनि गर्न सकिँदैन । प्रधानमन्त्रीले सदनमा आफ्ना कुरा राख्नुहुन्छ ।”

मिटरब्याज पीडितलाई न्याय दिनका लागि सरकार लागिपरेको तथा सुशासन र भ्रष्टाचार नियन्त्रणमा सरकार दृढताका साथ अगाडि बढ्ने निर्णय आजको बैठकले गरेको पाण्डेले बताए ।

प्रकाशित मिति : २१ असार २०८०, बिहीबार १३:०२