२६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026

छुटाउनु भयाे कि ? एक कम्पनीकाे हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन

२१ असार, काठमाडाैं । अपी पावर कम्पनीको हकप्रद सेयर सुरक्षित गर्ने आज असार २१ गते अन्तिम दिन रहेको छ। कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनार्थ भोलि असार २२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आजसम्म कायम सेयरधनीहरुले मात्रै कम्पनीको हकप्रद सेयर भर्न पाउनेछन् ।

गत असार ६ गते नेपाल धितोपत्र बोर्डले अपी पावरलाई चुक्तापुँजीको १ः०.४ अनुपातमा अर्थात ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने अनुमति दिएको थियो। धितोपत्र बोर्डबाट अनुमति पाएसँगै कम्पनीले १ अर्ब ६५ करोड ३३ लाख १३ हजार ७०० रुपैयाँ बराबरको १०० रुपैयाँ अंकित दरका कुल १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद जारी गर्न लागेकाे हाे ।

कम्पनीले हकप्रद बिक्रीबाट उठेको रकम नौगडगाढ जलविद्युत आयोजना (८.५ मे.वा)को ३२ करोड २९ लाख ९० हजार ५९०.४३ रुपैयाँ, अप्पर नौगडगाढ जलविद्युत आयोजना (८ मे.वा.) को १ अर्ब ५ करोड ८८ लाख ५० हजार रुपैयाँ, चन्द्रनिगाहपुर सौर्य विद्युत आयोजना (४ मे.वा.) को २१ करोड ६५ लाख ८३ हजार ४७५ रुपैयाँ, ढल्केवर सौर्य विद्युत आयोजना (१ मे.वा.) ४ करोड ४३ लाख ५० हजार रुपैयाँ र सिमरा सौर्य विद्युत आयोजना (१ मे.वा.) को ४ करोड २८ लाख रुपैयाँ ऋणमोचन गर्नेछ। कम्पनीकाे हकप्रद सेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।

प्रकाशित मिति : July 6, 2023 at 10:10 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/