२० आश्विन २०८१, आईतवार | Mon Oct 7 2024

‘मलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह दिल्ली जानुभो भन्ने प्रचण्डको अभिव्यक्ति अक्षम्य’

२० असार, काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिमा आपत्ति जनाएका छन । सामाजिक सञ्जालमा छोटो टिप्पणी राख्दै महासचिव पोखरेलले प्रधानमन्त्रीको अभिव्यक्तिमा आपत्ति जनाएका हुन ।

उनले सामाजिक सञ्जालमा लेखेका छन, ‘प्रचण्डजीको धुर्त्याईले नेपाली राजनीति विवादास्पद र अस्थिर बनेको कुरामा कुनै संदेह नै छैन । उनी सत्ता र शक्तिका लागि जे पनि गर्न सक्दछन् भन्ने कुरामा पटक पटकका घटनाक्रमहरु साक्षी छन् । ‘प्रितम् सिंहले मलाई प्रम बनाउन दिल्ली समेत जानुभयो’ भन्ने उनको भनाई उपरोक्त श्रृंखलाकै हदैसम्मको नकचरोपनको परिणाम हो । प्रधानमन्त्री को हुने भन्ने कुरामा वाह्यरुपमा जतिसुकै चलखेल भएपनि अन्तिममा टुंगो लगाउने निकाय प्रतिनिधि सभा नै हो । जन निर्वाचित प्रतिनिधि सभाको सर्वोच्चतालाई अपमानित गर्ने र अवमुल्यन गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्ति अक्षम्य छ । यस विषययमा प्रतिनिधि सभाका माननीय सदस्यहरुको ध्यान गम्भीर रुपमा जानेनै छ । ’

प्रकाशित मिति : २० असार २०८०, बुधबार १२:२५