२६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026

‘रोविन एण्ड द रिभोलुशन’ ब्याण्डका लीड भोकलिस्ट रोविन तामाङको निधन

१९ असार, काठमाडौं | चर्चित गायक तथा अभिनेता रोविन तामाङको निधन भएको छ। प्राप्त जानकारी अनुसार मंगलवार साँझ हृदयघातको कारण ६० वर्षिय उनको निधन भएको हो।

उनको फेसबुकमा निधनको खबर पोस्ट भएपछि खबर फैलिएको थियो। सबैभन्दा पहिले गायक सबिन राईले नाम नलेखि कसैको निधनबारे लेखेका थिए। रोविनकै फेसबुकमा निधनको खबर देखिएपछि सबिनले लेखेको व्यक्ति रोविन नै रहेको पुष्टी भएको छ।

यो खबर फैलिएसँगै नेपालका चर्चित र रोविनको नजिक रहेर काम गरेका कलाकारहरुले पनि सामाजिक संजालमार्फत श्रद्धान्जली दिएका छन्।

‘रोविन एण्ड द रिभोलुशन’ ब्याण्डका लीड भोकलिस्ट रहेका तामाङका ‘नेपाल’, ‘एकता’, ‘चिसो चिसो हावामा’, ‘माइला भाई’, ‘जति माया लाए पनि’, ‘दम मारो दम’, ‘भुल मा भुल्यो’ लगायतका गीतहरू चर्चित छन्।

प्रकाशित मिति : July 5, 2023 at 12:04 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/