संघीय राजधानी काठमाडाैँमै १४ वर्षीया बालिका बलात्कृत
८ कात्तिक, काठमाडाैँ । देशको संघीय राजधानी काठमाडाैँमै एक १४ वर्षीया बालिका बलात्कृत भएकी छिन । प्रहरीका अनुसार काठमाडौँ महानगरपालिका–१३ सोल्टीमोडमा १४ वर्षीया बालिका बलात्कृत भएकी हुन । बालिका कलात्कार गरेको आरोपमा प्रहरीले बुधबार साँझ एक जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–३ का ३० वर्षीय समीर पुलामी छन्। सोल्टीमोड बस्दै आएका पुलामीले सोही ठाउँ बस्ने १४ वर्षीया बालिकालाई कोठामा बोलाएर बलात्कार गरेको प्रहरीले जनाएको छ। पक्राउ परेका पुलामीमाथि जबरजस्ती करणी उद्योगमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : October 25, 2018 at 12:50 pm







