२० आश्विन २०८१, आईतवार | Mon Oct 7 2024

महालेखा परीक्षकको कार्यालयलाई सशक्त र निष्पक्ष बनाउनु चुनौतीपूर्णः नेता केसी

१५ असार, काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले महालेखा परीक्षकको कार्यालयलाई सशक्त र निष्पक्ष बनाउनु चुनौतीपूर्ण भएको बताएका छन् ।

शुक्रबार महालेखा परीक्षकको कार्यालय ६५ औं वार्षिकोत्सव समारोहमा नेता केसीले महालेखालाई प्रभावकारी बनाए यस्ले संस्थागत रुपमा पनि ठूलो चुनौतीको सामना गर्नु पर्ने बताए ।

उनले भने ‘ महालेखालाई परीक्षकलाई कसरी शसक्त र निष्पक्ष बनाएर अगाडि बढाउन सकिन्छ भन्ने कुरा अत्यन्त चुनौतीको विषय हो । यसले संस्थागत रुपले ठूलो चुनौतीको सामना गर्नु पर्छ । ’

नेता केसीले देशमा बेरुजुको अवस्था विकराल बन्दै गएको चर्चा गर्दै विकासका लागि सबैभन्दा ठूलो बाधक पनि यही भएको बताए । उनले भने ‘ अहिले हामी १७ सय ५१ अर्व बजेटमा ३०५ अर्व मात्र विकासको पुँजीगत खर्चमा खर्च गर्दै छौं । त्यसमा पनि मलाई लाग्छ १ खर्व जति त त्यो वेरुजु नै हुने हो । अनि त्यो २ खर्वमा ५० प्रतिशत मात्र हुन्छ की हुन्न भन्ने विषय नै सबैभन्दा ठूलो राष्ट्रिय चिन्ता हो । ’

नेता केसीले सरकारले जुन संस्थामा वेरुजु बढी भएको छ त्यही संस्था अथवा व्यक्तिले निश्चित समय भित्र वेरुजुलाई फर्छयौट नगरे कारवाही गर्ने व्यवस्था गरे वेरुजु कमहुने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : १५ असार २०८०, शुक्रबार १२:५५