११ भदौ २०८३, बिहिबार | Thu Aug 27 2026
http://kk5.io/NADA2026

एडिलेडमा ट्राफिक चेतनामुलक कार्यक्रम सम्पन्न

एडिलेड चितवन समाज साउथ अष्ट्रेलियाको आयोजनामा सडक नियम तथा सुरक्षा सम्वन्धी चेतना मुलक कार्यक्रम सम्पन्न भएको

कार्यक्रममा साउथ अष्ट्रेलियन पुलिसको रोड सेफ्टी सेन्टरबाट वरिष्ठ कन्स्टेबल मेरिलिन मिलरले साउथ अष्ट्रेलियमा ट्राफिक नियम तथासुरक्षा सम्वन्धमा प्रशिक्षित गरेकी थिईन समाजले नव आगन्तुक विद्यार्थीहरु लक्षित गरेर आयोजना गरिएको कार्यक्रममा विद्यार्थीहरुका अलावा समुदायका अगुवाहरुको समेत उपस्थिति रहेको थियो

कार्यक्रम समाजका सदस्य कृष्ण भट्टराईले स्वागत मन्तव्यबाट शुरु भएको थियो भने अध्यक्ष खगेन्द्र सापकोटाको धन्यवाद ज्ञापन संगै समापन गरिएको थियो

स्थानिय फ्रेसचुलो रेष्टुरेन्टको सभाहलमा आयोजित कार्यक्रममा ६५ जना सहभागी रहेको थियो कार्यक्रम समाज गठन पछिको पहिलोकार्यक्रम हो सडक चेतना मुलक कार्यक्रम नेपालबाट नयाँ विद्यार्थी आउने समय पारेर वार्षिक रुपमा आयोजना गर्ने जनाईएको

प्रकाशित मिति : June 29, 2023 at 4:49 pm