८ जेष्ठ २०८१, मंगलवार | Tue May 21 2024

सहकारी ठगीमा बुढानिलकण्ठ नगरपालिकाका एमाले निकटका दुई वडा अध्यक्ष पक्राउ


१३ असार, काठमाडाैँ । प्रहरीले सहकारी ठगीमा बुढानिलकण्ठ नगरपालिकाका दुई वडा अध्यक्ष पक्राउ गरेर बुधबार अदालतमा पेश गरेको छ । महानगरीय प्रहरी वृत महाराजगञ्जले सहकारी ठगीको मुद्दामा नगरपालिकाको वडा नम्बर ६ का अध्यक्ष रवि खड्का र वडा नम्बर ७ का अध्यक्ष बसनारायण महर्जनलाई पक्राउ गरेको हो । भद्रकाली सहकारीको ५९ लाख ठगी गरेको अभियोगमा उनीहरूको विरूद्धमा किटानी जाहेरी परेको थियो । दुबै जना गत स्थानीय निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित भएका वडा अध्यक्ष हुन ।

प्रकाशित मिति : १३ असार २०८०, बुधबार २२:३६