६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

बजेट पारित गर्न संसदमा मत विभाजन हुँदै

१३ असार, काठमाडौं । प्रतिनिधि सभामा बजेट पारित गर्नको लागि मतविभाजन भइरहेको छ । बजेट पारित घोषणामा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले असहमति जनाएपछि मत विभाजन गरिएको हो ।

बजेटमा विपक्षमा रहेको सांसदहरुको संख्या धेरै रहेको भन्दै एमालेका सचेतक महेश बर्तौँलाले नियमापत्ति जनाएपछि मत विभाजन प्रक्रिया अपनाइएको हो ।

उनको नियमापत्ति वित्तिकै सभामुख देवराज घिमिरेले मत विभाजन गर्नु भएको हो । अहिले मत विभाजनका लागि ५ मिनेट घण्टी बजाइएको छ ।

प्रकाशित मिति : १३ असार २०८०, बुधबार १६:४२