११ भदौ २०८३, बिहिबार | Thu Aug 27 2026
http://kk5.io/NADA2026

ललिता निवास प्रकरणमा पक्राउ परेका ४ जनालाई सात दिन हिरासतमा राख्न अदालतको अनुमति

१३ असार, काठमाडौं । बालुवाटारस्थित ललिता निवास प्रकरणमा पक्राउ परेका चार जना आरोपीलाई ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, धर्मप्रसाद गौतम र तत्कालीन डिल्लीबजार मालपोत कार्यालयका कर्मचारी गोपाल कार्कीलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत, काठमाडौंले अनुमति दिएको हाे ।

मंगलबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरेकाे थियाे । सरकारको स्वामित्वमा रहेको बालुवाटारस्थित ललिता निवासको जग्गा विभिन्न व्यक्तिका नाममा नामसारी गरेको आरोपमा प्रहरीले कारबाही अघि बढाएको छ। सोही प्रकरणमा यी चारजना पक्राउ परेका हुन्।

विसं २०४९ देखि २०६९ सम्ममा ललिता निवासको जग्गा लिखत कीर्ते गरी हिनामिना भएको सार्वजनिक भएको थियो । सोही प्रकरणमा सिआईवीले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : June 28, 2023 at 4:34 pm