११ भदौ २०८३, बिहिबार | Thu Aug 27 2026
http://kk5.io/NADA2026

बजेट संशोधन माग गर्दै कर्णालीमा एमालेद्वारा सदन अवरोध

१३ असार , कर्णाली । कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशनको सोह्रौँ बैठक चल्न नदिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अवरोध गरेको छ । बैठकको शून्य समयमा बोल्दै नेकपा एमालेका प्रमुख सचेतक टेकराज पछाइले बजेटमा प्रदेशसभा सदस्यहरुका योजना नआएको, विचौलियाहरुको योजना बजेटमा समेटिएको, मुख्यमन्त्री तथा योजनामन्त्रीले आफ्नो जिल्लामा बजेट खन्याएको, बजेट हाल्न दबाब दिएको आरोपमा कारबाही गरिएका कर्णाली प्रदेश योजना आयोगको कर्मचारीको नाम सार्वजननिक नगरेको आरोप लगाउँदै एमालेको आजको बैठकमा अवरोध गरेको हो ।

नेकपा एमाले प्रदेशसभा दलका नेताले राखेका विषयबारे सरकारले सम्बोधन नगरेको, आज राखिएका विषयका बारेमा बैठकलाई सार्वजनिक गर्नुपर्ने, बजेट संशोधन हुनुपर्नेलगायत माग राखेर बैठक अवरोध गरेको छ ।

बजेट संशोधन नभएसम्म सदन चल्न नदिने चेतावनी दिएर अवरोध कायम गरेपछि सभामुख नन्दा गुरुङले बैठक आधा घण्टाका लागि स्थगित भएको सूचना गरेकी हुन्

प्रकाशित मिति : June 28, 2023 at 3:53 pm