१ असार २०८३, सोमबार | Mon Jun 15 2026

शान्तिपूर्ण रुपमा पनि परिवर्तन सम्भव छः सांसद लामिछाने

१३ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् सांसद रवि लामिछानेले आफ्ना उपलब्धिहरु सुनाउँदै गर्दा शान्तिपूर्वक ढङ्गले पनि परिवर्तन हुन सक्ने कुरालाई स्विकार गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।

यसअघि प्रधानमन्त्रीले अहिलेको पुस्ताले पहिलेको संर्घष नदेखेको बताए लगत्तै प्रतिनिधि सभामा लामिछानेले नयाँ पुस्ताले देशका संरचनाहरु नाशनगरिकन, हत्या हिंसा नभई, मानिसहरु नहराई शान्तिपूर्वक ढङ्गले पनि परिवर्तन हुन सक्ने कुरा देख्यो भन्ने कुरा थप गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका हुन् ।

उनले भने, ‘आफ्ना उपलब्धिहरु सुनाउँदै गर्दा अस्पतालहरुमा आम नागरिकहरुले के पाई रहेको छ भन्ने पनि हेर्न आग्रह गर्दछु । यो पुस्ताले के देखेन भनेर भन्नु भयो त्यसमा मेरो समर्थन छ तर यो पुस्ताले के देख्यो भने देशका संरचनाहरु नाश नगरिकन, हत्या हिंसा नभईकन, अंग, भंगन भईकन, मानिसहरु नहराईकन शान्तिपूर्वक ढङ्गले पनि परिवर्तन हुन सक्ने कुरा देख्यो भन्ने कुरा थप गर्नु भएको भए राम्रो हुने थियो । ’

प्रकाशित मिति : June 28, 2023 at 2:08 pm