६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

सांसद सुवाललाई प्रधानमन्त्रीको जवाफः सिमा समस्या समाधानको पहल भइरहेको छ

१३ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले, सिमा समस्या समाधानका लागि सकरात्मक प्रयास भइरहेको बताएका छन् ।
प्रतिनिधि सभामा, सांसद प्रेम सुवालले, सिमा मिचिएकोबारे उठाएको प्रश्नको जवाफमा उनले भने ‘कालापाली र लिपुलेकको बारेमा धेरै पटक सदनमा कुरा राखेको छु र पहिलो पटक भारत भ्रमणको बारेमा भारत सरकारका प्रधानमन्त्रीले सिमा समस्या हल गर्ने बारेमा सकरात्मक कुरा राखेको र यसलाई समाधान गर्न पहल भईरहेको छ ।’

त्यस्तै उनले प्रतिरक्षा विश्वविद्यालयको बारेमा अध्यन भईरहेको छ त्यसलाई अगाडी बढाउनु पर्छ भन्ने सैद्धान्दीक सहमती रहेको बताए । उनले भने ‘ख्वप विश्वविद्यालयको बारेमा मैले भनेको छु । यो पटक त्यसलाई अगाडी बढाउन आवश्यक तयारी भईरहेको छ । ’ त्यस्तै युवाहरुलाई रोजगार दिने विषयमा सरकार गम्भिर रहेको र तयारी गरिरहेको उनको भनाई छ ।

प्रकाशित मिति : १३ असार २०८०, बुधबार १४:०२