११ भदौ २०८३, बिहिबार | Thu Aug 27 2026
http://kk5.io/NADA2026

नयाँ पुस्ताबीच पहिले देशमा दूधकै नदी बग्थ्यो भन्ने भाष्य खडा गरिँदैछः प्रधानमन्त्री प्रचण्ड

१३ असार, काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले, लोकतन्त्रका उपलब्धिलाई दिग्भ्रमित पार्ने कोशिस भइरहेको भन्दै आपत्ति जनाएका छन् ।

बुधवार प्रतिनिधि सभामा उनले मतदाताको रुपमा तयार भएको नयाँ पुस्तालाई लोकतन्त्र स्थापना र त्यसबाट प्राप्त उपलब्धिबारे लगत पाठ सिकाउन खोजिएको भन्दै उनले आक्रोश पोखे ।

‘मतदाताको रुपमा एउटा नयाँ पुस्ता तयार भएको छ। त्यस्तो पुस्ता जसले युद्धको विविसिका देख्न परेन, विद्यालयमा पुग्न ३—४ घण्टा हिड्न परेन,त्यो पुस्ताले यो देशमा कुनै दिन ईन्टरनेट टेलीफोन काटेर यएरपोट र सडक सम्म बन्द गराएर देशमा चलाइएको शाही शासन देखेन ।’

उनले भने ‘सञ्चार गृहमै पसेर बर्दीधारीहरुले सम्पादकहरुलाई के छाप्ने के नछाप्ने के देखाउने के सुनाउने भनेर निर्देशन दिन्थे भन्ने इतिहास पनि आज सोसल मिडियामा उन्मुक्त पूस्तालाई थाहा छैन ।’

अहिले केही नेताहरुले यसअघि सब राम्रो थियो अहिले विग्रियो भने जस्तो गरी प्रचार गरेको प्रति तिव्र असन्तुष्टि पोखेका उनले लोकतन्त्रको विरुद्धमा लगत प्रचार गर्ने अधिकार कसैलाई नभएको भन्दै सचेत गराए । ‘आज त्यो पुस्तालाई हिजो देशमा दुधकै नदि बहन्थ्यो झै भन्ने भाष्य खडा गरेर लोकतन्त्रबाट दिगभ्रमित पार्ने अधिकार हामी कसैलाई छैन ।२० वर्षअघि र आजको जनताको जीवनस्तरमा आएको परिवर्तनलाई बिर्साउन खोजिदै छ ’ उनले भने ।

प्रकाशित मिति : June 28, 2023 at 1:23 pm