११ भदौ २०८३, बिहिबार | Thu Aug 27 2026
http://kk5.io/NADA2026

मकै बोडी प्रतिकेजी ८० रुपैयाँ, आज अन्य फलफूल तथा तरकारीको मूल्य कति ?

१३ असार, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज बुधवारकालागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

जसअनुसार,ठूलो गोलभेँडा नेपाली ४५रुपैयाँ,रातो आलु ४४ रुपैयाँ,सेतो आलु ३४ रुपैयाँ स्थानीय काउली ६० रुपैयाँ,लोकल बन्दा १० रुपैयाँ, प्याज सुकेको ४३ रुपैयाँ प्रतिकेजी मूल्य निर्धारण गरिएको छ ।

त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ११०, तने बोडी ११०,मकै बोडी ८०,घिउ सिमी लोकल ८०, राजमा सिमी ७०,भटमासकोशा १००,तितो करेला ८०,लौका ७०,परवल लोकल ९०,पाकेको फर्सी ३०,डल्लो फर्सी हरियो ४०, घिरौंला ६०,भिण्डी ९०, स्कूस ५०, कन्य च्याउ १५० रुपैयाँ, डल्ले च्याउ २८०, कुरीलो २००, ब्रोकाउली ६०,तोफु ११०,लोकल काँक्रो ६०रुपैयाँ प्रतिकेजीमा बिक्री भैरहेको छ ।

तोरीको साग ४० हरियो लसुन १२०, हरियो प्याज ९०, रायो साग ४०, धनियाँ १५० रुपैयाँ प्रतिकेजी न्यूनतम मूल्य तोकिएको छ । त्यस्तै, तरबुजा हरियो८०,मलदह आँप ७०,मौसम १८०,अनार ४००,केरा दर्जनको १३०,कागती १५०,स्याउ फूजी ३००,आभोकाडो ६०० र मेवा भारतीय १३० र लिच्ची लोकल९०, जुनार २००रुपैयाँ तोकिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले उल्लेख गरेको छ ।

प्रकाशित मिति : June 28, 2023 at 9:16 am