२२ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 5 2026

चलचित्र ‘अन्तिम संस्कार’ले पाँच दिनमा गर्यो झण्डै पाँच लाखको व्यापार

१२ असार, काठमाडौँ । नेपाली चलचित्र ‘अन्तिम संस्कार’को पाँच दिनको व्यापार ४ लाख ५० हजार भएको छ । यही असार ८ गतेदेखि प्रदर्शनमा आएको यस  चलचित्रले हलमा कुनै दिन पनि पूरा दर्शक पाउन सकेन । चलचित्र विकास बोर्डको बक्स अफिस स्रोतका अनुसार अन्तिम संस्कारले पाँच दिनमा ४ लाख ५० हजार तीन सय रूपैयाँको व्यापार गरेको हो ।

 करिब १ करोड लगानी भएको यो चलचित्रको व्यापारको आँकडा हेर्दा ‘डिजास्टर’ भएको छ । सोसल ड्रामा श्रेणीको यो चलचित्र सस्पेन्स थ्रिलर कथामा आधारित छ ।

यो चलचित्रलाई प्रदीप शाहीले निर्देशन गरेका छन । चलचित्रमा विजय लामा, दिया पुन, एवनराज उप्रेती, त्रिचन्द्र राई, रेश्मा घिमिरे, विशाल पहारी, कृष्णभक्त महर्जनल, श्याम राई, पासाङ शेर्पा, दिग्गज खत्री, सुस्मिता गिरी, आईशा तामाङ, धर्मानन्द आचार्य,सुरज खालिङ,विकास अधिकारी लगायतको अभिनय छ ।

प्रकाशित मिति : June 27, 2023 at 8:28 pm