१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

शिक्षा क्षेत्रको सुधारका लागि सरकार प्रतिवद्ध छः शिक्षा मन्त्री राई

१२ असार, काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले, सरकार शिक्षा क्षेत्रको सुधारका लागि सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै उनले सार्वजनिक शिक्षा क्षेत्रको सुधार सरकारको प्राथमिकतामा रहेको बताए ।

‘सार्वजनिक शिक्षाको सुदृढिकरणका लागि नेपाल सरकार प्रतिवद्ध छ । नीति तथा बजेट कार्यक्रममा विद्यालय शिक्षा प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम र सिप विकास अनि उच्च शिक्षामा सुधारमा जोड दिईएको छ ’ उनले भने ।

शैक्षिक क्षेत्र सुधारका लागि १५ वर्षे सोच पत्र मार्फत रणनीतिक योजना कार्यान्वयनमा ल्याइएको बताए । ‘समग्र शैक्षिक सुधारको लागि आगामी १५ वर्षमा गरिने शैक्षिक विकास र सुधारको खाका समेटिएको शिक्षाको सोच पत्र २०७९ विद्यालय सुदृढिकरणका लागि विद्यालय शिक्षा योजना, कोभिड १९ को कारण भएको सिकाई क्षती तथा सिकाई अभिवृद्धि कार्यक्रम जस्ता कार्यका लागि १० वर्षे प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम क्षेत्र रणनीति योजना कार्यन्वयनमा जोड दिएको छ ’ उनले भने ।

त्यस्तै सरकारले बाल विकास शिक्षक र विद्यालय सहयोगीका लागि अनुदान दिइने उनले बताए । उनले भने ‘ हाल संघीय सरकारबाट बाल विकास शिक्षकका लागि मासिक १० हजार विद्यालयका लागि १३ हजार ५ सय र विद्यालय सहयोगी कर्मचारीको लागि मासिक ८ हजारका दरले एकमुष्ट अनुदान दिने गरी स्थानीय तहमा बजेट हस्तान्तरण भएको छ । ’

प्रकाशित मिति : १२ असार २०८०, मंगलवार १६:४७