२० आश्विन २०८१, आईतवार | Mon Oct 7 2024

असार १७ भित्र संघीय निजामती ऐन सदनमा पेश हुन्छः मन्त्री मोदी

११ असार, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले संघीय निजामती कर्मचारी ऐन निर्माण अन्तिम चरणमा पुगेको स्पष्ट पारेका छन् ।

सोमवार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक २०८० माथिको मन्त्रालयगत विषयमा सांसदहरुले राखेको प्रश्नको जवाफ दिदै उनले मन्त्री भएको पहिलो दिनबाटै ऐन निर्माणमा लागेको र यहि असार १७ गतेभित्र सदनमा पेस गर्ने गरि तयारी गरेको बताए ।

‘मैले मन्त्री बनेको पहिलो दिनदेखि लागेर साँढे दुईदेखि तीन महिनाभित्र डाफ्ट बनाएर कानून र अर्थ मन्त्रालयमा पठाए । सम्बन्धित मन्त्रालयलाई ताकेता पनि गरेका छौं । ऐन निर्माणको अन्तिम चरणमा पुगेको छ ।’ उनले भने ‘त्यसमा छलफलको लागि उप–प्रधानमन्त्री नेतृत्वमा बनेको सहजीकरण समिति छ,प्रधानमन्त्री र सम्बन्धित निकायका अधिकारीसंग बसेर अन्तिम रुप दिनेबारे कुरा भएको छ । यहि असार १७ गते सम्म लाग्न सक्छ,अब चाँडै नै सदनमा छलफलका लागि प्रस्तुत गर्ने तयारीमा लागेका छौं ।’

कर्मचारी सरुवालाई स्वचालित बनाउने गरि काम भइरहेको उनको भनाई छ । अव्यवस्थित सरुवा प्रणालीलाई रोकेर सुशासन कायम गर्न गठित कार्यदलले आन्तरिक रुपमा काम गरिरहेको भन्दै साउनबाट स्वचालित सरुवा प्रणाली लागु गरेर कर्मचारीको मनोमानि सरुवा प्रणालीलाई रोक्ने प्रयास गर्ने उनले जानकारी दिए ।

प्रकाशित मिति : ११ असार २०८०, सोमबार १४:५४