१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

प्राध्यापकलाई दुर्व्यवहार गर्ने माथि कारबाही गर्न पूर्वाञ्चल विश्वविद्यालय सरोकार समाजको माग

१० असार, काठमाडाैँ । पूर्वाञ्चल विश्वविद्यालय सरोकार समाजले प्राध्यापकलाई दुर्व्यवहार गर्ने माथि कारबाही गर्न माग गरेको छ । आइतबार समाजका अध्यक्ष सन्जिव रोकाहा नेतृत्वको प्रतिनिधिमण्डले ध्यानाकर्षण गराएको हो ।

समाजले पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा. डा. महेशराज दाहालमाथि निवासमै पुगेर गरिएको दुव्र्यवहारको घटनाप्रति आपत्ति जनाउँदै संलग्नलाई कडा कारवाहीको माग गरेको छ । समाजले आइतबार सुन्दरहरैंचाका विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूलाई साथै लिएर विश्वविद्यालय पुगि उपकुलपति प्रा. डा. यादवराज कोइरालालाई भेटेर ध्यानाकर्षणपत्र बुझाउँदै दूर्व्यवहार घटनाको विषयमा गंभीर ध्यानाकर्षण भएको जनाएको हो ।

 

प्रकाशित मिति : १० असार २०८०, आईतवार २२:३१