२० आश्विन २०८१, आईतवार | Mon Oct 7 2024

नेपाली सेनाका ११ पूर्व जर्नेल एकै पटक राजा फर्काउने अभियानमा समाहित (सूचीसहित)

१० असार, काठमाडौँ । एकै पटक नेपाली सेनाका ११ जना अवकाशप्राप्त जर्नेलहरू  देशमा राजा फर्काउने उद्घोषसहित अभियान सञ्चालन गरिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गरेका छन । आइतबार राप्रपा अध्यक्ष राजेन्द्र लिंङदेनले पूर्व ११ जर्नेलाई पार्टीको केन्द्रीय सल्लाहकार समितिको सदस्यमा मानोति गरेका छन ।
राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार नेपाली सेनाका अवकाशप्राप्त उपरथी, सहायक रथीलाई पार्टी कार्यालयमै बोलाएर मनोनयनको प्रमाणपत्र प्रदान गरिएको छ । सो अवसरामा राप्रपा निर्देशक समितिका अध्यग् डा प्रकाशचन्द्र लोहनी लगायतका नेताहरू पनि उपस्थित रहेका थिए । मनोनित भएका जर्नेलहरूको सूची यस्तो छ
१. उपरथी गजेन्द्रबहादुर लिम्बू (अप्रा)- ताप्लेजुङ
२. उपरथी नरबहादुर कंडेल (अप्रा)- गुल्मी
३. उपरथी समीर शाही (अप्रा)- नवलपरासी
४. उपरथी शशीचन्द्र बहादुर सिंह (अप्रा)- काठमाडौ
५. उपरथी सुवर्णबहादुर शाह (अप्रा)- दाङ्ग
६. उपरथी भरतबहादुर खडका (अप्रा)- भक्तपुर
७. उपरथी कुबेर थापा (अप्रा)- ललितपुर
८. उपरथी संजय थापा- (काठमाडौं)
९. सहायकरथी खड्ग मल्ल (अप्रा)- म्याग्दी
१०. सहायकरथी प्रकाश सिंह बोगटी (अप्रा)- मोरङ्ग
११. प्रा.डा.उपरथी होमकुमार लावती (अप्रा)- पाँचथर

प्रकाशित मिति : १० असार २०८०, आईतवार २१:४६