६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

समाचारले चरित्र हत्या भयो, चाँडै नै पैसा फिर्ता गर्ने समझदारी भएको छः डा विजय पाैडेल

७ असार, काठमाडौँ । नेकपा एकीकृत समाजवादीका उपमहासचिव डा विजय पौडेलले आफूले साहित्यकार भवानी खतिवडा लगायतसँग लिएको पैसाको सापटी र ऋण तिर्नेक्रममा रहेको बताएका छन । दैनिकीमा  ‘पैसा सापटीरऋण लिन्छन तर फिर्ता दिँदैनन् समाजवादी पार्टीका उपमहासचिव पौडेल’ शीर्षकमा समाचार प्रकाशित भएपछि प्रतिक्रया दिँदै डा पौडेलले केही व्यक्तिसँग ऋणि लिएको र त्यो ब्याज तिरिरहेको र छिट्टै साँवा पनि फिर्ता गर्ने प्रतवद्धता जनाएका छन ।

उनले जनता प्रसारण तथा प्रकाशन लिमिटेडको समान खरिदका लागि लिएको ऋण कोरोनाका कारण तिर्न नसकेको स्वीकार गर्दै भवानी खतिवडा लगायतसँगको ऋण तिर्ने सहमति भैसकेको उल्लेख गरेका छन । उनले ऋण तिर्न नसकेको भए पनि आफूले समय समय ब्याज भने तिर्दै आएको बताएका छन ।

डा पौडेलले आफूले ऋण लिएको व्यक्ति भवानी खतिवडाले सामाजिक सञ्जालको दुरूपयोग गर्दै आफूजस्तो आजिवन जनताको काममा समर्पित भएको मान्छेको मानमर्दन गरेको आरोप लगाएका छन । दैनिकीले पौडेलले ऋण लिएर नतिरेको विषयमा असार ७ गते समाचार प्रकाशित गरेको थियो । उक्त समाचार यहाँ पढ्न सक्नुहुन्छ

डा पाैडेलले दैनिकीमा पठाएको पत्र तल हेर्न सक्नुहुन्छ । 

प्रकाशित मिति : १० असार २०८०, आईतवार १७:०९