६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

पैसा सापटी/ऋण लिन्छन तर फिर्ता दिँदैनन् समाजवादी पार्टीका उपमहासचिव पाैडेल


७ असार, काठमाडौँ । नेकपा एकीकृत समाजवादीका उपमहासचिव डा विजय पौडेलले विभिन्न व्यक्तिसँग पैसा सापटीरऋण लिएर नतिरेको पाइएको छ । उपमहासचिव पौडेलले तीन महिनामा दिन्छु भनेर लिएको पैसा चार वर्षमा पनि नतिरेको पाइएको हो । पौडेलबाट पीडित भएकाहरूले अहिले सामाजिक सञ्जाल मार्फत हारगुहार गरिरहेका छन । उनीहरूले डा पौडेलले लगेको पैसा फिर्ता नदिए उनको पार्टी कार्यालयमा अनसन बस्ने सम्मको चेतावनी समेत दिएका छन ।

पौडेलले वरिष्ठ साहित्यकार भवानी खतिवडासँग तीन महिनामा दिन्छु भनेर लगेको पैसा चार वर्ष बित्दा पनि नदिएको भन्दै सामाजिक सञ्जालमै लेखिकी छन । उनले सञ्चाकोषको पैसा झिकेर पौडेलका लागि पैसा दिएको उल्लेख गरेकी छिन । पैडेलले पनि खतिवडासँग पैसा लिएको स्वीकार गरेका छन । तर अब १५ दिनमा दीन्छु भनेर पनि सय पटक ढाँटी सकेको पाइएको छ ।

खतिवडाले सञ्चालमै यस विषय पनि उल्लेख गरेकी छिन । खतिवडाले डा पौडेलले लगेको पैसाका विषयमा श्रीमान र श्रीमितिको बीचमा समिक्षा हुँदा साह्रै निरास हुने गरेको पनि उल्लेख गरेकी छिन । खतिवडाको टिप्पणीमा प्रतिटिप्पणी गर्दै धनराज गिरीले पनि डा पौडेलले ठगेको उल्लेख गरेका छन । पौडेलबाट पीडित भएर पनि बोल्न नसकेका सय भन्दा बढी रहेको स्रोतले बतायो । डा पौडेलले जनता टेलिभिजनका नाममा पनि धेरैसँग पैसा उठाएर संस्था नै डुबाएको आरोप लाग्दै आएको छ । थि ठगीको आरोप

भवानी खतिवडाले सामाजिक सञ्जालमा लेखेको टिप्पणी यस्तो छ

आफूलाई सर्वहारा वर्गका जनताको पक्षधर हुँ, नेता हुँ भनी दावा गर्ने …….. पार्टीको उपमहासचिव डा. विजय कुमार पौडेलले तीन महिनाका लागि भनेर लगेको ऋण नतिरी ढाँटेको ढाँट्यै भाखा सारेको सार्‍यै गरेर झुलाउँदा झुलाउँदै चार वर्ष बितिसकेछ ।
पन्ध्रदिनभित्र तिर्छु भनेर दिएका वचनको हिसाब पनि दुई सयपल्ट नाघेछ ।
हामी पतिपत्नी वेला वेला साह्रै दिक्क र निरास हुन्छौँ ।
सहन सकुन्जेल सहिरहेछौँ ।
अब विजय कुमार पौडेल पदाधिकारी रहेको पार्टी कार्यालयमा अनसन बस्न मात्र बाँकी छ । त्यो अन्तिम लडाइँ लड्न बाँकी छ ।
यस्ता झूट म्यासेज त कति आए कति !

प्रकाशित मिति : ७ असार २०८०, बिहीबार ०९:५६